कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव

भाद्र ३०, २०८१
पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव

अस्ट्रेलिया — पश्चिम अस्ट्रेलियामा शनिबार नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाली कला संस्कृति, परम्परा तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले अस्ट्रेलियाका प्रत्येक राज्यमा हरेक दुई वर्षमा नेपाल महोत्सवको आयोजना हुँदै आएको छ । 

पर्थ शहरको मुख्य स्थानमा आयोजना गरिएको कार्यक्रममा हजारौं नेपाली सहभागी भए । नेपाली कला संस्कृति झल्कने झाँकीसहित नेपाली पोशाकमा सजिएका सयौँ नेपाली तथा स्थानीयवासीले करिब ५ किलोमिटर पदयात्रा गरेका थिए ।

एकाबिहानै निकालिएको पदयात्रालाई ब्यवस्थित गर्न स्थानीय प्रहरीले सुरक्षा प्रदान गरेको थियो । महोत्सवमा नेपाली पर्यटन र कलालाई प्रवर्द्धन गर्ने उद्देश्यले राखिएको धरहरा, सगरमाथा, ढिकी, जाँतो, बौद्ध स्तुपा आकर्षणको केन्द्र बनेका थिए भने कार्यक्रममा नेपाली खानाका बिभिन्न स्टलहरु समेत राखिएको थियो ।


महोत्सवमा सहभागी पश्चिम अस्ट्रेलियाका नागरिकता, शिक्षा तथा बहुसांस्कृतिकमन्त्री टोनी बुटीले नेपाल कला संस्कृतिमा धनी भएको बताउँदै अस्ट्रेलियालाई सफल बहुसांस्कृतिक देश बन्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

कार्यक्रममा नेपाली ब्याण्ड द एक्स, बद्री पंगेनी, आस्था राउत लगायतले सांगीतिक प्रस्तुति समेत गरेका थिए ।

प्रकाशित : भाद्र ३०, २०८१ १७:१४
x
×