कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

७९.८८ अंकले घट्यो नेप्से, १९ अर्ब ७४ करोड रूपैयाँकाे काराेबार

७९.८८ अंकले घट्यो नेप्से, १९ अर्ब ७४ करोड रूपैयाँकाे काराेबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ७९.८८ अंकले घटेको छ । आइतबार २ दशमलव ६८ प्रतिशतले घटेर नेप्से २८९४.५७  विन्दुमा बन्द भएको छ । ५९ कम्पनीको मूल्य बढ्दा १८५ कम्पनीको मूल्य घटेको छ ।

साताको पहिलो दिन २ लाख १८ हजार ५७८ पटक सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड ५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार कुल ४ करोड २६ लाख ८६ हजार ८४० कित्ता सेयर किनबेच भए ।

कुल १३ उपसमुहमध्ये लघुवित्त उपसमुह मात्रै बढ्यो । लघुवित्त उपसमुह ५८.४० अंकले बढ्यो । घट्ने उपसमुहहरुमा जीवन बिमा ३६९.४१ अंकले अघि रह्यो । निर्जीवन बिमा ३२८.९६, होटल तथा पर्यटन १७७.५० , विकास बैंक १४५.१७ र फाइनान्स १३९.३३ अंकले घट्यो ।

कारोबार रकमको आधारमा अपि पावर कम्पनी, हिमालयन रिइन्स्योरन्स, साइन रेसुंगा विकास बैंक अघि रहे । अपि पावर कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँ सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरन्सको ७३ करोड ४३ लाख रुपैयाँ र साइन रेसुंगा विकास बैंकको ५१ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ १५:३४
x
×