विगतमा भएको परिवारको बलियो भूमिका अब क्रमशः कमजोर बनेको छ नै । विगतमा सुरक्षाको छहारी दिने परिवार बिस्तारै इतिहास बनिरहेको छ ।
स्थानीय तह पुनःसंरचना कसरी ? केका आधारमा ? कसका लागि ? किन ? पुनःसंरचना गर्दा भूगोललाई प्राथमिकता दिने कि जनसंख्यालाई ? कोही भन्छन्– ठूला भूगोल छन्, मानिस थोरै । अर्का थरी भन्छन्– धेरै मानिस छन्, भूगोल साना । जनघनत्वका आधारमा पालिका पुनःसंरचनाको बहस पनि व्यापकै छ ।
उहिल्यै भनिन्थ्यो– पहाड जनसंख्या निर्यात गर्ने प्रदेश हो । अब त्यो समय रहेन । पहाड रित्तियो, उसले पानी र जवानी तराईलाई पठायो । युवा पहाडबाट विदेश र विदेशबाट तराई वा सहरी क्षेत्रमा पलायन भए । पहाडबाट वैदेशिक रोजगारीमा गएका युवाले ल्याएको रेमिट्यान्स तिनले मधेशमै लगानी गरेका छन् । तराईको अर्थशास्त्र उकालो लाग्दै गर्दा पहाडको अर्थशास्त्र ओरालो झर्दै छ ।
नेपालको कुल जनसंख्यालाई १६ वर्षको उमेर समूहमा विभाजन गरी हेर्ने हो भने यति ठूलो संख्या अन्यमा छैन, जनसांख्यिक बाहुल्यको हिसाबले जेन–जीकै उमेर समूह निर्णायक छ
नेपालको प्रजनन अवस्था पनि संकटोन्मुख नै छ, युवाहरूको बढ्दो संख्यामा वैदेशिक रोजगारी, स्वदेशमै भए पनि रोजगारी, अध्ययन आदिका कारण दम्पती अलग भएर बस्नुपर्ने बाध्यता, बालबच्चा हुर्काउन बढ्दो खर्च र विद्यार्थी भिसाका नाममा विदेश गएका छोराछोरी नफर्कने कारणले गर्दा बाबुआमाले थप सन्तान जन्माउन चाहेका छैनन्
सहरमा बसेर गाउँमा राजनीति गर्न जानेहरूले जनताका समस्याको उचित पहिचान गर्न सक्दैनन्, समस्या समाधानका लागि उच्च तहको प्रयास पनि गर्दैनन्, त्यसैले बसाइँसरुवाको हातबाट स्थानीय राजनीति झिक्नुपर्छ
अधिकांश सांसदहरूको विकासबारेको बुझाइ अझै पनि परम्परागत नै छ । विकास भन्नु नै सडक,पुल र भवन मान्ने सनातनी चलनमा क्रमभंगता जरुरी छ । सामाजिक सूचकलाई पनि विकासको आधार मानेर बजेट विनियोजन गर्ने हो भने निर्वाचन क्षेत्रका जनताले उचित लाभ पाउँछन् ।
बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भएका ३३ वर्ष र पञ्चायतकालका ३० वर्षलाई तुलना गरौं । व्यवस्था मात्र बदलिएको हो कि अवस्था पनि ?
बालबालिका जन्माउने क्रम जुन बिन्दुबाट घट्यो, त्यसै बिन्दुबाट हामीले नयाँ विद्यालयलाई स्वीकृति दिने कुरामा तीव्रता दियौं, जसको असर आज देखिएको छ
अस्थायी बसाइँ सरेका युवाहरूले वार्षिक करिब ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएर नेपालको अर्थतन्त्र धानिएको छ, त्यसैले बसाइँसराइका सकारात्मक पाटा पनि हेर्नुपर्छ