कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

गोकर्णेश्वर नगरपालिकामा स्थानीय पाठ्यक्रमको भिडियो सामग्री 

आश्विन २, २०८१
गोकर्णेश्वर नगरपालिकामा स्थानीय पाठ्यक्रमको भिडियो सामग्री 

काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित भिडियो सामग्री सञ्चालनमा ल्याएको छ । शिक्षा दिवसको अवसरमा आज नगरपालिकामा आयोजित समारोहमा सो भिडियो सामग्री सञ्चालनमा ल्याइएको हो ।

विद्यार्थीको ज्ञान, सीप र क्षमता थप विकास गर्ने उद्देश्यले कक्षा एकको स्थानीय पाठ्यक्रमको भिडियो सामग्री सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख दिपककुमार रिसालले नगरपालिका भित्र सञ्चालित पेशा, व्यवसाय, धार्मिक तथा पर्यटकीय स्थलबारे विद्यार्थीलाई दृश्य मार्फत सिकाउने उद्देश्यले सो पहल गरिएको बताए । शिक्षा क्षेत्रलाई प्रविधिसँग विस्तार गर्ने योजनामा अनुसारनै सो कदम चालिएको नगरपालिकाले जनाएको छ ।

अन्य कक्षा स्थानीय पाठ्यक्रमलाई क्रमश भिडियो सामग्रीमा रुपमान्तरण गरिने नगरपालिका प्रमुख रिसालले बताए । यसैबीच, नगरपालिका भित्र शिक्षामा योगदान पुर्याउने व्यक्तित्व तथा माध्यामिक शिक्षा परीक्षा एसईइ र कक्षा १२ को परीक्षामा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रकाशित : आश्विन २, २०८१ १८:५३
x
×