कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

दम्पतीद्वारा विद्यालयमा ५ लाख ५५ हजारको अक्षय कोष स्थापना

भाद्र ३०, २०८१
दम्पतीद्वारा विद्यालयमा ५ लाख ५५ हजारको अक्षय कोष स्थापना

पाँचथर — हिलिहाङ गाउॅपालिका-२ का ८३ वर्षीय हरिप्रसाद गौतम र लिलादेवी गौतमले स्थानीय सिंहापुर पशुपति माध्यमिक विद्यालयमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । गौतम दम्पती र उनीहरुका सन्ततिले प्रत्येक वर्ष विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले यत्तिका रकमको छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।

कोषको ब्याजले सिंहापुर पशुपतिमावि कक्षा १,२,३,४,५,६,७ र ९ मा प्रथम स्थान हासिल गर्ने छात्रछात्रासँग अभिभावकको छनोटमा प्रत्येक उत्कृष्ट वर्ष शिक्षकका रुपमा एक–एक जना शिक्षकलाई पुरस्कृत गर्ने सम्झौता भएको प्रधानाध्यापक भिमकुमारी भण्डारीले जानकारी दिइन् । गौतम दम्पती संस्थापक रहेको अक्षय कोषको संरक्षकमा छोराबुहारी जीवन र नारायणी, राजेन्द्र र पुण्यमाता, सूर्य र कौशिला, केशव र भीमकुमारी,भोला र गंगा सॅगै छोरीज्वाइँ मैयादेवी र राधाकृष्ण गौतम रहेका छन् । कोषको रकम आइतबार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा गौतम दम्पतीसॅगै दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि हिलिहाङ गाउॅपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा उप्रेती सेँढाइलगायतले दाताहरुलाई सम्मान गरेका हुन् ।

उक्त विद्यालयमा कक्षा ८,१०,११ र १२ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अरु पनि पुरस्कारका अक्षय कोष स्थापना गरिएको प्रधानाध्यापक भण्डारीको भनाइ छ ।

कार्यक्रममा बोल्दै गाउॅपालिका अध्यक्ष अधिकारीले दाताहरुले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको समाजले कदर गर्ने बताए ।

प्रकाशित : भाद्र ३०, २०८१ १८:३२
x
×