२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

'उद्योग बन्द गराउन दलहरु नै सक्रिय'

बारा — तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलको खिचातानीका कारण उद्योगहरु बन्द हुदै गई रहेको आरोप लगाएका छन् ।


तमलोपा बाराद्वारा क्षेत्र नं. ४ को बहुअरीमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशीको माग संविधानमा स्थापित गराउन मधेशवादी दलहरु एक भइ अगाडी बढनुको विकल्प नरहेको बताए ।
मधेशीहरु राजनितिक र सामाजिक शोषणमा पर्दै गइरहेको बताउँदै उनले नयाँ संविधानबाट मुलुक संघियतामा गएपछि मात्र मधेसीहरुलाई शोषणबाट मुक्ती मिल्ने बताए ।
ठाँउ-ठाँउमा सुकुम्बासी लगाएर माओवादीले वन अतिक्रमण गराइरहेको आरोप अध्यक्ष ठाकुरले लगाए । कार्यक्रममा तमलोपा सहमहामन्त्री जितेन्द्र सोनललगायतले बोलेका थिए ।

प्रकाशित : पुस १५, २०६६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?