कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज अमेरिकी कब्जामा

भाद्र १८, २०८१
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज अमेरिकी कब्जामा

काठमाडौँ — भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज अमेरिकाले कब्जामा लिएको छ । अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डका अनुसार उक्त जहाज फर्जी कम्पनीमार्फत १३ मिलियन अमेरिकी डलरमा अवैध रूपमा खरिद गरिएको थियो ।

उक्त जहाजलाई गत वर्ष तस्करी गरी अमेरिकाबाट क्यारेबियन क्षेत्र हुँदै भेनेजुएला पुर्‍याइएको पनि उनको भनाइ छ । उक्त जहाज मदुरो र उनका सहयोगीले प्रयोग गर्दै आएका थिए ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार फाल्कन ९००-ईएक्स जहाज डोमिनिकन गणतन्त्रमा अमेरिकाले कब्जामा लिएको हो । उक्त जहाजलाई अहिले अमेरिकी राज्य फ्लोरिडा पठाइएको पनि बीबीसीको समाचारमा उल्लेख छ । उक्त जहाज कसरी र कहिले डोमिनिकन गणतन्त्र पुग्यो भन्ने स्पष्ट भने भएको छैन ।

ट्य्राकिङ डेटाबाट उक्त जहाज सोमबार राजधानी स्यान्टो डोमिंगोबाट इसाबेला विमानस्थलतर्फ उडेको पत्ता लागेको छ । भेनेजुएलाले भने अमेरिकी कारबाहीको निन्दा गर्दै 'चोरी' को संज्ञा दिएको छ । भेनेजुएला विदेशमन्त्री यवन गिलले अमेरिकाले 'विश्वभर एकतर्फी र अवैध रूपमा थोपरेका स्वेच्छाचारी उपायलाई सही ठहर्‍याएको बताएका छन् ।

अमेरिकी अधिकारीहरूले भने अमेरिकी निर्यात नियन्त्रण प्रतिबन्ध कानुनको उल्लंघन गरेको आरोपमा जहाजलाई कब्जामा लिएर अनुसन्धान गरिरहेको जनाएका छन् ।

प्रकाशित : भाद्र १८, २०८१ ०९:०७
x
×