कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

रुसले युक्रेनमा गरेको आक्रमणमा ४१ मारिए 

भाद्र १८, २०८१
रुसले युक्रेनमा गरेको आक्रमणमा ४१ मारिए 

Highlights

  • १ सय ८० जना घाइते भएका युक्रेनी राष्ट्रपतिकाे भनाइ

किभ — रुसले युक्रेनको पोल्ताभा सहरमा मंगलबार गरेको आक्रमणमा कम्तीमा ४१ जना मारिएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको क्षेप्यास्त्र आक्रमणमा उनीहरुको ज्यान गएको बताए ।

आक्रमणमा १ सय ८० जना घाइते भएका राष्ट्रपति जेलेन्स्कीले बीबीबीसँग बताएका छन् । जेलेन्स्कीले रुसले शैक्षिक संस्था र अस्पतालमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । रुसले भने युक्रेनको सैन्य तालिम केन्द्रमा आक्रमण गरेको जनाएको छ ।

युक्रेनी रक्षा मन्त्रालयले पोल्ताभामा बर्बर आक्रमण गरिएको र सहरले भयावह अवस्थाकाे सामना गरिरहेको जनाएको छ । मन्त्रालयका अनुसार सुरक्षाकर्मीको टाेलीले कम्तीमा २५ जनाकाे उद्धार गरेकाे जनाएकाे छ ।

पोल्ताभाका क्षेत्रीय नेता फिलिप प्रनिनले सहरका स्थानीय निकै त्रसित रहेका बताएका छन् । उनले सम्भव भएसम्म रक्तदान गर्न स्थानीयलाई आग्रह गरेका छन् ।

प्रकाशित : भाद्र १८, २०८१ १८:०३
x
×