कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

कंगोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु

भाद्र १८, २०८१
कंगोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु

किन्शासा,कङ्गो — डेमोक्र्याटिक रिपब्लिक अफ कंगोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तिमा १२९  जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले मंगलबार बताएका छन्  ।

यस घटनामा २४ जनाको चेतावनीपछि गोली हानेर मृत्यु भएको बताउँदै मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देश मार्फत घटनाको जनाकारी गराएका हुन् ।

उनकाअनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् । यस घटनामा धेरै मानिसहरूलाई कुल्चिएको वा तथा भिडभाडमा प्रभावित भएको र धेरै महिलाहरू बलात्कृत भएको मन्त्रालयले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपूर्ण अवस्था सिर्जना भएको बताएका छन् । एक इलेक्ट्रिशियन दड्डी सोसोले घटनापछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताएका छन् ।

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति 'नियन्त्रणमा' रहेको बताएका छन् भने अधिकारीहरूले कति कैदीहरू भागे वा भाग्ने प्रयास गरे भन्नेबारे केहि उल्लेख गरेका छैनन् ।

प्रकाशित : भाद्र १८, २०८१ १५:४६
x
×