कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

इरानको निकट मानिने सिरियाली समूहको आक्रमणमा ११ जनाको मृत्यु

श्रावण २५, २०८१
इरानको निकट मानिने सिरियाली समूहको आक्रमणमा ११ जनाको मृत्यु

बेरूत, लेबनान — सिरियाली सरकार पक्षधर र इरान निकट एक समूहले गराएको बम विस्फोटमा परी सिरियाको कुर्दिश सेना नियन्त्रित पूर्वी गाउँमा ११ जना सर्वसाधारणको मृत्यु भएको शुक्रबार युद्ध अनुगमनकारी समूहले जनाएको छ । 

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार देइर एजोर प्रान्तको डहलामा भएको व्र बिस्पोटमा परी छ जना बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

समूहका अनुसार इरान समर्थक लडाकुहरूले कुर्दिशको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेपछि बुधबार लडाइँ सुरु भएको थियो ।

कुर्दिशहरूको निकट सिरियन डेमोक्र्याटिक फोर्सले पनि लडाँइमा अधिकांश महिला तथा बालबालिकासहित ११ जना सर्वसाधारण मारिएको पुष्टि गरेको छ ।

अमेरिकाको समर्थनप्राप्त सिरियाली समूह (एसडीएफ) ले सन् २०१९ मा सिरियामा इस्लामिक स्टेट जिहादी समूहको स्वघोषित इस्लामिक राज्यलाई पराजित गर्ने आक्रमणको नेतृत्व गरेको थियो ।

इराकको सिमाना क्षेत्र देइर एजोर प्रान्त युफ्रेटिस नदीद्वारा विभाजित छ जहाँ दर्जनौँ स्थानीय आदिवासीको घर छ ।

इरानले एक दशकभन्दा लामो गृहयुद्धमा सिरियाली राष्ट्रपति बसर अल असदको सेनालाई सैन्य सहयोग गरेको छ ।

हाल जिहादी विरोधी गठबन्धनको हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाका करिब ९०० सैनिक सिरियामा छन् ।

सन् २०११ मा सरकार विरोधी प्रदर्शन सुरु भएदेख सुरू भएको सिरियाली गृहयुद्धले पाँच लाखभन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै लाखौंलाई विस्थापित गरेको छ ।


प्रकाशित : श्रावण २५, २०८१ १८:३७
×