कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सन् १७९० मा आजकै दिन : एडम स्मिथको निधन 

श्रावण २, २०८१
सन् १७९० मा आजकै दिन : एडम स्मिथको निधन 

काठमाडौँ — सन् १७९० मा आजकै दिन (जुलाई १७) मा अर्थशास्त्रका पिता एडम स्मिथको निधन भएको थियो । १७२३ को जुन ५ मा स्कटल्यान्डमा स्मिथ १७७६ मा प्रकाशित ‘वेल्थ अफ नेसन्स’ पुस्तकबाट विश्वचर्चित बनेका थिए । 

‘वेल्थ अफ नेसन्स’ पुस्तकमा उनले सर्वप्रथम अर्थशास्त्रको उत्पादन र वितरणका सिद्धान्तहरूको व्याख्या गरिएको हो । देशको आर्थिक विकासलाई निकै महत्त्व दिएका स्मिथले श्रम विभाजनलाई प्रमुख औजारका रूपमा उल्लेख गरेका छन् । श्रम विभाजनबाट प्राविधिक उन्नति र पुँजी निर्माण भई आर्थिक विकास हुन्छ भन्ने स्मिथको धारणा छ ।

पाँच खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा उनले श्रम विभाजनबारे व्याख्या गरेका छन् भने दोस्रो खण्डमा मुद्राको आरम्भ र उपयोग, मूल्य, ज्याला, ब्याज, नाफा, लगानी, पुँजीको प्रकृति र पुँजी निर्माणको विवरण छ । कृषिको इतिहास, रोम साम्राज्यको पतनपछिको नगर तथा औद्योगिक विकासको वर्णन तेस्रो खण्डमा समेटेका छन् । त्यस्तै, चौथो खण्डमा प्रकृतिवाद आलोचना र विदेश व्यापारको समर्थन उल्लेख छ भने अन्तिम खण्डमा सार्वजनिक वित्तबारे लेखेका छन् ।

प्रकाशित : श्रावण २, २०८१ ०६:१४
x
×