कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

महिला लिग : वालिङको बलियो दाबेदारी

आश्विन ४, २०८१
महिला लिग : वालिङको बलियो दाबेदारी

Highlights

  • वाग्मतीविरुद्धको सानदार जितमा ज्याकलिन नसालीको ह्याट्रिक 

काठमाडौँ — वालिङले एन्फा महिला लिग २०२४ को शीर्ष पाँचका लागि बिहीबार आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ । छैटौं चरणको अन्तिम खेलमा वालिङले वाग्मती युवा क्लबलाई सजिलै ४–० ले हरायो । यी चारै गोल विदेशी खेलाडीले गरेका थिए । यसमध्ये ज्याकलिन नसालीले व्यक्तिगत ह्याट्रिक पनि पूरा गरिन् । 

जितपछि वालिङको १२ अंक भएको छ । टोली चौथो स्थानमा रह्यो । पुलिसको पनि समान १२ अंक छ । गोल अन्तरले मात्र विभागीय टिम अगाडि रह्यो । एपीएफ १६ र आर्मी १३ अंकसति शीर्ष दुई स्थानमा छन् । कोशी १० अंक लिएर पाँचौं स्थानमा छ । पहिलो चरणको लिग समाप्तिमा शीर्ष पाँच टिमले दोस्रो चरणमा प्रवेश पाउने छ ।

वालिङ टिमका लागि सिने नानटोङ्ले १२ औं मिनेटमा पहिलो गोल गरिन् । उनी नै प्लेयर अफ द म्याच रहिन् । त्यसपछि ज्याकलिनले तीन गोलको उपलब्धि हात पारिन् । उनले ४१ औं मिनेटमा पहिलो गोल गरेपछि ५४ र ८३ औं मिनेटमा थप दुई गोल गरिन् । शुक्रबारदेखि सातौं चरणको खेल सुरु हुनेछ ।

प्रकाशित : आश्विन ४, २०८१ ०५:५९
×