कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

गृह जिल्लामा सम्झना सम्मानित

आश्विन ४, २०८१
गृह जिल्लामा सम्झना सम्मानित

बझाङ — एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेकी क्रिकेटर सम्झना खड्कालाई जिल्लामा सम्मान गरिएको छ ।
बझाङको जयपृथ्वी नगरपालिका–९ की सम्झनालाई बझाङ क्रिकेट संघले सम्मान गरेको हो ।  

उनलाई संघको साधारणसभामा जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल र बझाङ क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले क्रिकेट किट प्रदान गरेर सम्मान गरे । एसिया कप क्रिकेटमा नेपालले यूएईलाई पराजित गर्दा सम्झनाले अर्धशतकीय बनाएकी थिइन् ।

२४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाएकी थिइन् । ‘बझाङलाई चिनाउन सम्झनाले क्रिकेटमार्फत पुर्‍याएको योगदान अतुलनीय छ,’ उनले भने, ‘नगरपालिकाले उनको सम्मानमा छिटै अभिनन्दन कार्यक्रम गर्न लागेको छ ।’

बझाङ क्रिकेटका अध्यक्ष धामीले सम्झनाको लगनशीलता र सफलताले बझाङमा क्रिकेटको सम्भावनाको अन्तराष्ट्रिय ढोका खोलेको बताउँदै क्रिकेटमा लाग्न चाहानेको लागि प्रेरणास्रोत बनेको बताए ।

प्रकाशित : आश्विन ४, २०८१ ०५:५८
×