कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

बार्सिलोना मोनाकोसँग पराजित

आश्विन ४, २०८१
बार्सिलोना मोनाकोसँग पराजित

काठमाडौँ — फ्रान्सेली क्लब मोनाकोले बिहीबार युरोपेली च्याम्पियन्स लिगमा दस खेलाडीमा बार्सिलोनालाई २–१ ले स्तब्ध पारेको छ ।

डेविड रायाले दुई पल्ट उत्कृष्ट बचाउ गरेपछि आर्सनलले भने युरोपा लिग विजेता एटलान्टासँग गोलरहित बराबरी खेलेको छ ।

बार्सिलोनाले घरेलु स्पेनी ला लिगामा शतप्रतिशत सुरुआत गरेको छ र लगातार पाँच खेल जितेको छ । तर मोनाकोविरुद्ध खेलको ११ औं मिनेटमै रातो कार्डमा एरिक गार्सियालाई गुमाएको थियो र त्यसयता फ्रेन्च रिभेरामा हार बेहोर्न बाध्य रह्यो ।

दश खेलाडी सीमित भएको पाँच मिनेटमै म्यागनेस एकिलोचले मोनाकालाई अग्रता दिलाए । किशोर खेलाडी लामिन यमलले २८ औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काए । तर खेल सकिन २० मिनेट अगाडि जर्ज इलेनिखेनाले मोनाकोका लागि विजयी गोल गरे ।

इटालीमा आर्सनलका गोलरक्षक रायाले उत्कृष्ट प्रदर्शन गरे र आफ्नो टिमलाई एटलान्टाविरुद्ध एक अंक दिलाए । यस्तै ९० औं मिनेटमा मारिया जिमिनेजले हेडबाट गरेको गोलको मदतले एटलेटिको म्याड्रिडले आरबी लाइपजिगलाई २–१ ले हरायो ।

जर्मन च्याम्पियन बायर लेभरकुजनले भने डच प्रतिद्वन्द्वी फायनउडमाथि ४–० को प्रभावशाली जित दर्ता गर्‍यो । फ्रान्सकै बेस्ट भने अस्ट्रियाको र्स्टम ग्राजलाई २–१ ले पन्छाएर च्याम्पियन्स लिगमा सुखद डेब्यु गर्न सफल रह्यो ।

प्रकाशित : आश्विन ४, २०८१ ०६:३९
×