कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

नामुदुको ह्याट्रिकमा वालिङ विजयी

आश्विन १, २०८१
नामुदुको ह्याट्रिकमा वालिङ विजयी

काठमाडौँ — युगान्डाली खेलाडी भिओला नामुदुको ह्याट्रिकप्रेरित वालिङ नगरपालिकाले सोमबार एन्फा महिला लिग फुटबलमा सुदूरपश्चिमलाई ५–१ ले हराएको छ । यो जितपछि वालिङको ९ अंक भएको छ । टोली पाँचौं स्थानमा रह्यो । यो जितले वालिङको शीर्ष पाँचमा रहेर लिगको अर्को चरण पुग्ने सम्भावना बलियो भएको छ । 

सुदूरपश्चिमको प्रतियोगितामा खराब प्रदर्शन भने कायम रह्यो । यो टोलीको लगातार पाँचौं हार हो । शून्य अंकको स्थितिमा टिम सबैभन्दा अन्तिम स्थानमा छ । आन्तरिक कलहका कारण कमजोर टिम उतार्न बाध्य सुदूरपश्चिमले यी ५ खेलमा ३७ गोल खाइसकेको छ । कुनै पनि अंक जोड्न असफल सुदूरपश्चिम नै एक्लो टिम रहेको छ ।

पाँचौं चरणको समाप्तिमा तीन विभागीय टिम शीर्ष तीनमै रहेका छन् । त्यसमा डिफेन्डिङ च्याम्पियन एपीएफको १३, पुलिसको ११ र आर्मीको १० अंक छ । त्यसपछि कोशी १० अंकमै गोल अन्तरले चौथो स्थानमा छ । लिगको पहिलो चरणले मध्यभाग छुँदा शीर्ष पाँचमा रहने टिमले एक प्रकारको आकार भने लिएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा नामुदुले वालिङका लागि १८, ४३ र ४५ औं मिनेटमा तीन गोल गरिन् । त्यसपछि अर्की विदेशी खेलाडी ज्याकलिन नसालीले पहिलो हाफको इन्ज्युरी समयमा चौथो गोल थपिन् । सुष्मा तामाङले ५० औं मिनेटमा पाँचौं गोल गरिन् । सुदूरपश्चिमबाट रितिका कार्कीले ५४ औं मिनेटमा एक गोल फर्काइन् ।

प्रकाशित : आश्विन १, २०८१ ०६:३२
x
×