कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

एन्फा महिला लिग : विभागीय टोली एपिएफ विजयी

आश्विन १, २०८१
एन्फा महिला लिग : विभागीय टोली एपिएफ विजयी

काठमाडौँ — एन्फा महिला लिग फुटबल प्रतियोगितामा संकटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा मंगलबार भएको खेलमा एपिएफले संकटाविरुद्ध ३–० को जित निकालेको हो । यो जितसँगै छ खेलमा १६ अंक जोडेको एपिएफ शीर्षस्थानमा छ । प्रतियोगिता संकटा समान छ खेलबाट पाँच अंकका साथ सातौँ स्थानमा छ । एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे । खेलको १३औँ मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । खेलको ५०औँ मिनेटमा अनिताले अर्को गोल गरेर टिमको हौसला बढाइन् ।

खेलको ६४औँ मिनेटमा सविताले गोल गर्दै एपिएफलाई सहज जित दिलाइन् । एन्फाको आयोजनामा जारी लिगमा १० टोलीत्रबीच स्पर्धा हुँदैछ ।

प्रकाशित : आश्विन १, २०८१ १६:१६
x
×