कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

काठमाडौं महानगरको विजयी सुरुआत

आश्विन १, २०८१
काठमाडौं महानगरको विजयी सुरुआत

काठमाडौँ — काठमाडौं महानगरपालिकाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगितामा विजयी भएको छ ।

लैनचौर फुटसल मैदानमा मंगलबार काठमाडौं महानगरले आयोजक वडा २३ लाई टाइब्रेकरमा २–१ ले हरायो । अन्य खेलमा वडा २ र वडा ६ विजयी भए ।

काठमाडौं महानगर र वडा नं २३ ले निर्धारित समयको खेलमा १–१ को बराबरी खेलेका थिए । महानगरका अनुप प्रधान र वडा २३ का राजीव चित्रकारले गोल गरेका थिए । अनुप म्यान अफ द म्याच भए ।

वडा ९ ले वडा २७ लाई २–० ले पराजित गर्दा दुवै गोल मिङ्मा लामा तामाङले गरे । उनी नै म्यान अफ द म्याच भए । वडा ६ ले वडा ११ लाई ३–२ ले हरायो । विजेताका विप्लव लामा, दिपेश श्रेष्ठ र केशव भण्डारी तथा वडा ११ का जनक कोइराला र रितेश महतोले गोल गरे । केशव भण्डारी म्यान अफ द म्याच भए ।

प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले गरिन् । महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहेको प्रतियोगिता विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुने जनही १० हजार पाउनेछन् ।


प्रकाशित : आश्विन १, २०८१ २०:५८
x
×