कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चेल्सीको जितमा १४ पहेँलो कार्डको कीर्तिमान

भाद्र ३०, २०८१
चेल्सीको जितमा १४ पहेँलो कार्डको कीर्तिमान

काठमाडौँ — सब्स्टिच्युट क्रिस्टोफर एककुन्कुले खेलको अन्त्यतिर गरेको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार बर्नमाउथलाई १–० ले हराएको छ । खेल बराबरीतर्फ अग्रसर भएको बेला ८५ औं मिनेटमा एनकुन्कुले गोल गरेका हुन् ।

यस खेलमा कुल १४ पहेँलो कार्ड देखाइएको थियो र प्रिमियर लिगमा देखाइएको सर्वाधिक कार्डको कीर्तिमान हो । यी पहेँलो कार्डमध्ये ६ बर्नमाउथ र ८ चेल्सीको नाममा रह्यो ।

शनिबारका अन्य खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ ले हरायो भने लिभरपुल नटिङघम फरेस्टको हातबाट १–० ले पराजित रह्यो । यस्तै एस्टन भिल्लाको हातबाट एभरटनले ३–२ को हार बेहोर्‍यो ।

यसअघि म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई ३–० ले हराएको थियो । लिग तालिकाका लगातार चौथो खेल जित्दै सिटी १२ अंकमा शीर्ष स्थानमा छ ।

प्रकाशित : भाद्र ३०, २०८१ ०५:२३
×