कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

महिला उद्यमीबाट पलेशा सम्मानित

भाद्र २७, २०८१
महिला उद्यमीबाट पलेशा सम्मानित

काठमाडौँ — महिला उद्यमी महासंघ नेपालले बिहीबार पारा तेक्वान्दोकी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

महिला उद्यमी महासंघ नेपालले आफ्नो २१ औं वार्षिक साधारणसभाको अवसरमा पलेशालाई नगदसहित सम्मान गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत र महासंघकी अध्यक्ष शोभा ज्ञवालीले पलेशालाई ५० हजार ५ सयसहित सम्मानपत्र प्रदान गरेका थिए ।

अध्यक्ष ज्ञवालीले व्यक्तिगत तर्फबाट पलेशालाई नगद सम्मान गरेकी हुन् । ऐतिहासिक सफलता पाएकी पलेशालाई सम्मान गर्न पाउँदा गौरवान्वित महसुस भएको महिला उद्यमी महासंघकी अध्यक्ष ज्ञवाली बताइन् ।


प्रकाशित : भाद्र २७, २०८१ २१:०७
×