कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

एआईपीएस एसियाका ही डोङ नेपालको सद्भावना दूत

भाद्र २७, २०८१
एआईपीएस एसियाका ही डोङ नेपालको सद्भावना दूत

काठमाडौँ — होटल एसोसिएसन अफ नेपाल (हान) ले एआईपीएस एसियाका अध्यक्ष ही डोङ जङलाई नेपालको सद्भावना दूतको रूपमा नियुक्त गरेको छ ।

एसियाली खेलकुद पत्रकारको छाता संगठन एआईपीएस एसिया र होटल एसोसिएसन अफ नेपाल (हान) बीच सहकार्यसम्बन्धी सम्झौता भएको छ । हानका अध्यक्ष विनायक शाह र एआईपीएस एसियाका अध्यक्ष ही डोङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौताअनुरूप एआईपीएस एसियाका एक हजारभन्दा बढी सदस्य पत्रकारले नेपाल आउँदा हानसँग आवद्ध होटल सुविधामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

त्यस्तै एआईपीएस एसिया र सीएमआर नेपालबीच खेल पत्रकारिता प्रशिक्षणका लागि पनि सम्झौता भएको छ ।

नेपालमा भएको एआईपीएस एसियाको २५औं कंग्रेसका अवसरमा बिहीबार दुई पक्षबीच खेलपत्रकारिता प्रशिक्षणका लागि सम्झौता भएको हो ।

एआईपीएस एसिया अध्यक्ष ही डोङ जङ र सीएमआर नेपालका निर्देशक उज्ज्वल आचार्यबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुरूप सीएमआर नेपालले एआईपीएस एसियालाई हरेक सेसनमा दुई खेलपत्रकारका लागि प्रशिक्षण कोटा प्रदान गर्नेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आशिंक छात्रवृत्तिमा एआईपीएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ ।

प्रकाशित : भाद्र २७, २०८१ १९:२०
×