कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

लिस्नु कपमा सम्पुर्णको जित

भाद्र २६, २०८१
लिस्नु कपमा सम्पुर्णको जित

भैरहवा — लिस्नु कप नकआउट फुटबल प्रतियोगिता अर्न्तगत बुधबारको खेलमा सम्पूर्ण युवा क्लब सुपौली रुपन्देहीले जित हासिल गरेको छ ।

कपिलबस्तु–११ सँगको खेलमा निर्धारित र अतिरिक्त समयमा पनि २-२ को बराबरी भएपछि टाइब्रेकरमार्फत् खेलको निर्णय लिइएको थियो ।

टाइब्रेकरमा सम्पूर्णले ३-२ गोलको नतिजा निकालेको हो । खेलमा सम्पूर्ण युवा क्लवका अभिशेख वाइवा उत्कृष्ट खेलाडीका रुपमा ‘मेन अफ दी म्याच’ घोषित भए ।

बिहीबार डिंगरनगर फुटबल क्लव रुपन्देही र फर्साटिकर फुटबल क्लव रुपन्देहीबीच खेल हुनेछ ।

प्रकाशित : भाद्र २६, २०८१ २०:५७
×