कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

अवार्डको साथमा अजोड

भाद्र २२, २०८१

काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २१ औं संस्करणका लागि बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले इन्स्योरेन्स पार्टनरको रूपमा निरन्तरता दिएको छ ।

युनाइटेड अजोड यही भदौ २८ गते नेपाल एकेडेमी भवन कमलादीमा हुने पल्सर स्पोर्टस अवार्ड कार्यक्रममा सहप्रायोजकको रूपमा रहनेछ ।

मञ्चका सम्पूर्ण सदस्यहरूलाई जनही ५ लाखबराबरको स्वास्थ्य बिमा पोलिसी प्रदान गर्नेछ । यसका साथै कार्यक्रममा नगद सहयोग गर्ने मञ्चले जनाएको छ । शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च र युनाइटेड अजोडबीच प्रायोजन सम्झौता भएको हो । सम्झौतामा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले हस्ताक्षर गरे ।

प्रकाशित : भाद्र २२, २०८१ ०५:१८
x
×