कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जेभियर र गोल्डेनगेट बास्केटबल फाइनलमा

भाद्र २१, २०८१
जेभियर र गोल्डेनगेट बास्केटबल फाइनलमा

काठमाडौँ — जेभियर र गोल्डेनगेट कलेज प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको फाइनल पुगेका छन् ।

रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा जेभियरले ल्यान्डमार्क एकेडेमीलाई २५–१३ स्कोरले पराजित गर्‍यो । जेभियरका अरिभाना तमारुले ८ स्कोर गरिन् ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सीद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा नाइसा बुढाथोकीको १२ स्कोरमा गोल्डेनगेटले रातो बंगलालाई ४१–२६ ले हरायो ।

फाइनल शनिबार हुनेछ । विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।


प्रकाशित : भाद्र २१, २०८१ २१:१९
x
×