कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

रोनाल्डोले गरे आधिकारिक ९०० औं गोल

भाद्र २१, २०८१
रोनाल्डोले गरे आधिकारिक ९०० औं गोल

काठमाडौँ — क्रिस्टियानो रोनाल्डो माथिल्लो स्तरको खेलमा ९०० औं बिहीबार गोल गर्ने पहिलो खेलाडी भएका छन् । उनको त्यही प्रदर्शनको मद्दतले पोर्चुगलले नेसन्स लिगमा क्रोएसियालाई समूह ‘ए’ ग्रुप–वानको खेलमा २–१ ले हरायो ।

डिएगो डालोटले पहिलो गोल गरेपछि रोनाल्डोले ३४ औं मिनेटम पोर्चुगलका लागि दोस्रो गोल थपे । यो पोर्चुगलका लागि उनको कीर्तिमान १ सय ३१ औं गोल हो । गोलपछि रोनाल्डो भावनात्मक रहे ।

यसै समूहको अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ ले पराजित गर्‍यो । यस्तै अन्य खेलमा डेनमार्कले स्विट्जरल्यान्डलाई २–० ले हरायो भने सर्बिया र स्पेनले गोलरहित बराबरी खेले ।

प्रकाशित : भाद्र २१, २०८१ ०६:५५
x
×