कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

चिलीलाई हराएर अर्जेन्टिना बलियो स्थितिमा

भाद्र २१, २०८१
चिलीलाई हराएर अर्जेन्टिना बलियो स्थितिमा

काठमाडौँ — अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रबार चिलीमाथि सजिलो ३–० को जित निकालेको छ । यो जितपछि छनोटको शीर्षमा रहेको अर्जेन्टिनाको स्थिति अझ बलियो भएको छ । उसको सात खेलबाट १८ अंक भएको छ ।

ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्स म्याक एलिस्टरले, जुलियन अल्भारेज र पउलो ड्येबेलाले एक एक गोल गरे । चिली भने सात खेलबाट पाँच अंकमै सीमित रहेर पुछारबाट दोस्रोमा छ ।

अर्को खेलमा बोलिभियाले भेनेजुएलालाई ४–० ले हरायो र अंक तालिकाको सातौं स्थानमा उक्लिन सफल रह्यो । बोलिभियाको सात खेलबाट छ अंक भएको छ ।

प्रकाशित : भाद्र २१, २०८१ ०८:०६
x
×