कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

छानिए एनपीएलका ८ टिम 

भाद्र २०, २०८१
छानिए एनपीएलका ८ टिम 

काठमाडौँ — नेपाल क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा संचालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) का ८ फ्रेन्चाइज टिमको टुंगो लागेको छ । 

काठमाडौंमा बिहीबार गरिएको विडिङ अनुसार काठमाडौंलाई काठमाडौं स्पोर्ट्स डेभ्लपमेन्ट भेन्चरले ३ करोड ३३ लाख ३३ हजार ३ सय ४९ रुपैयाँमा किनेको हो । नेपाल मेडिसिटी ग्रुप, याक एण्ड यती ग्रुपअन्तर्गतको साझेदारीअन्तर्गत काठमाडौं स्पोर्ट्स डेभ्लपमेन्ट भेन्चर रहेको छ ।

त्यस्तै, पोखरालाई नेपाल टी–२० प्रालिले र चितवनलाई चितवन मेडिकल कलेजले किनेको छ । विराटनगरलाई एमएडी ड्रिम्स स्पोर्टसले, लुम्बिनीलाई फर्चुना हेल्थ केयरले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालयन बिल्डर्स र सुदूरपश्चिमलाई एम्पायर स्पोर्ट्सले खरिद गरेका छन् ।

पोखरा ३ करोड ५७ लाख, चितवन १ करोड ७६ लाख १ हजार, विराटनगर १ करोड ५१ लाख, लुम्बिनी १ करोड ८६ लाख, जनकपुर २ करोड ५ लाख, कर्णाली १ करोड ११ लाख ७० हजार र सुदूरपश्चिम १ करोड ६८ लाख ८ हजार ८ सय ८८ रुपैयाँमा बिक्री भए ।

प्रकाशित : भाद्र २०, २०८१ १९:४३
x
×