कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

ताप्लेजुङ गोल्डकपमा खेलाडीका लागि २३ लाख खर्च 

भाद्र १९, २०८१
ताप्लेजुङ गोल्डकपमा खेलाडीका लागि २३ लाख खर्च 

ताप्लेजुङ — यसवर्षको ताप्लेजुङ गोल्डकपमा २३ लाख ४३ हजार रुपैयाँ खर्च भएको छ । गत भाद्र ३ देखि १० गतेसम्म सदरमुकाम फुङलिङमा सञ्चालित ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कारसहित खेलाडीका लागि २३ लाख ४३ हजार रुपैयाँ खर्च भएको हो । आठ वटा टिमका खेलाडीका लागि आवास, यातायात र पुरस्कारमा यो रकम खर्च भएको हो । 

लाखे जात्रा खेल सञ्चालक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार यातायात र खाना, खाजा, बसाइमा सबैभन्दा बढी विभागीय टोली त्रिभुवन आर्मी क्लब काठमाडौंका लागि ३ लाख ४ हजार ७ सय ५० रुपैयाँँ खर्च भएको छ ।

सबैभन्दा कम आयोजककोतर्फबाट तयार पारिएको सङ्गर्ष स्पोर्टिङ क्लब उकालीपानीका लागि ७० हजार खर्च भएको श्रेष्ठले बताए। समितिका अध्यक्ष देवराज गुरुङका अनुसार आर्मीको टोली काठमाडौंबाट आएको र भाडादर बढी पर्ने भएकाले लागत पनि बढी देखिएको हो ।

यो वर्षको उपाधि विजेता सगरमाथा फुटबल क्लब मोरङले ७ लाख ६८ हजार रुपैयाँ प्राप्त गरेको छ । पुरस्कार बापत ५ लाख, यातायात खर्च ६८ हजार र खाना, खाजा र बसाइमा २ लाख रुपैयाँ लिएको हो ।

आयोजकका अनुसार खेलाडीलाई खेलेको दिन, त्यसको अघिल्लो र पछिल्लो दुई दिनको दैनिक जनही १२ सय ५० का दरले रकम उपलब्ध गराइन्छ । एउटा टिमका १९ जनालाई यस्तो सुविधा दिइन्छ । खाना, खाजा र आवास प्रयोजनकालागि दिइने भएकाले तथ्यांक पनि त्यसरी नै राख्ने गरिएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उपविजेता सलहेस युथ क्लब सिराहाले ५ लाख ५९ हजार ५ सय ५५ रुपैयाँा प्राप्त गरेको छ । सिराहालाई द्वितीय पुरस्कार वापतको २ लाख ५० हजार ५ सय ५५ सहित यातायात वापतको ८४ हजार र आवास, खानाको २ लाख २५ हजार प्रदान गरिएको हो ।

बुटबल लुम्बिनी एफ सी रूपन्देहीलाई यातायात वापत १ लाख ४० हजार ६ सय, खाना, बासमा ७१ हजार २ सय ५० र अतिरिक्त ६ हजार गरी २ लाख १७ हजार ८ सय ५० प्रदान गरिएको छ । बिर्तामोड युनाइटेड झापाले यातायातमा ५६ हजार, खाना बासमा १ लाख १८ हजार ७ सय ५० गरी १ लाख ७४ हजार ७ सय ५० प्राप्त गरेको छ ।

कञ्चनजङ्गा फुटबल क्लब सिलिगुडी भारतले यातायात तर्फ ६७ हजार २ सय, खाना बासमा ७१ हजार २ सय ५० अतिरिक्त १० हजार गरी १ लाख ४८ हजार ४ सय ५० रुपैयाँ पाएको छ । छिमेकी जिल्ला पाँचथरले यातायातमा २८ हजार र आवासमा ७१ हजार २ सय ५० गरी ९९ हजार ७ सय ५० प्राप्त गरेको छ । प्रतियोगितामा आयोजकको टिम सहित भारत, काठमाण्डौं, लुम्बिनि, मधेश प्रदेस समेतका गरी आठ टिमको सहभागीता रहेको थियो ।

यसको अतिरिक्त म्यान आफ द म्याच लागायतका विधागत पुरस्कारको रकम अधिकांश जिल्ला बाहिरका खेलाडीले प्राप्त गरेका थिए । हरेक दिनको म्यान अफ द म्याचका लागि ५ हजार र खेल अवधिभरिका उत्कृष्ट खेलाडी लगायतका लागि ८५ हजार रुपैयाँ खर्च भएको थियो ।

प्रकाशित : भाद्र १९, २०८१ २१:५६
x
×