कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

ज्ञान कार्निभलमा ज्ञानोदय सेमिफाइनलमा

भाद्र १८, २०८१
ज्ञान कार्निभलमा ज्ञानोदय सेमिफाइनलमा

काठमाडौँ — आयोजक ज्ञानोदय बालवाटिका ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार सेमिफाइनल पुगेको छ ।

घरेलु कोर्टमा ज्ञानोदयले ओएसिसलाई ५५–४७ ले हरायो । ज्ञानोदयका दीपेश शाहीले २५ स्कोर गरे । मनीष गुरुङको १५ स्कोरमा पुष्पसदनले रेडियन्ट पब्लिकलाई ५५–३९ ले हराएर सेमिफाइनल तय गरेको छ ।

गर्ल्समा एनसीसीएसले मल्पीलाई २९–२३, रेडियन्टले एसएसएसभीएमलाई ४३–२३, द चाँदबागले रातो बंगलालाई २३–२० र रिब्सले पाठशालालाई १७–११ स्कोरले हराएर सेमिफाइनल सुरक्षित गरे । एनसीसीएसकी दिवा महर्जनले १४, रेडियन्टकी दिव्यांशा कार्कीले २५, चाँदबागकी आश्रेया पराजुलीले १२ र रिब्सकी सुजिना लामाले ८ स्कोर गरेका थिए ।


प्रकाशित : भाद्र १८, २०८१ १८:४२
x
×