कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

छात्रा बास्केटबलमा गोल्डेनगेटको अर्को जित

भाद्र १८, २०८१
छात्रा बास्केटबलमा गोल्डेनगेटको अर्को जित

काठमाडौँ — गोल्डेनगेट कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा मंगलबार लगातार दोस्रो जित निकालेको छ ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीईसी) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेटले ट्रिटन कलेजलाई ४६–१८ स्कोरले हरायो । विजेताकी आयुशा महर्जनले १३ स्कोर जोडिन् । सुरुका तीन क्वाटरमा गोल्डेनगेटले ११–०, १४–०, १०–४ को अग्रता लियो । चौथो क्वाटरमा गोल्डेनगेट ११–१४ ले पछि परे पनि जितलाई असर परेन ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भइरहेको प्रतियोगितामा रातो बंगला र ल्यान्डमार्क एकेडेमी विजयी भए । रातो बंगलाले ब्लु बर्डलाई २३–७ ले हरायो । विजेताकी समृद्धि शाहले १० स्कोर गरिन् । रातो बंगलाले क्वाटरमा ४–१, ९–४, ६–०, ४–२ को प्रदर्शन गर्‍यो ।

ल्यान्डमार्कले कान्जिरोवामाथि २८–२५ को जित दर्ता गर्‍यो । ल्यान्डमार्ककी मिका केसीले १६ स्कोर जोडिन् । ल्यान्डमार्कको लगातार दोस्रो जित हो । ल्यान्डमार्कले ६–२, २–११, १५–१, ५–११ को अग्रता बनाएको थियो ।


प्रकाशित : भाद्र १८, २०८१ १८:०९
x
×