कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

एञ्जिलाले पनि युरोपमा खेल्ने

भाद्र १८, २०८१
एञ्जिलाले पनि युरोपमा खेल्ने

काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला सुब्बा तुम्बापोको खेलजीवनमा एउटा त्यस्तो अध्याय थपिनेछ, जसले उनको ठूलो सपना पूरा भएको भन्दा केही फरक पर्ने छैन । 

एञ्जिलाले २०२४–०२५ को सिजनका लागि ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग एकवर्षे सम्झौता गरेका छन् । एञ्जिलाले एसियाबाहिर लिग खेल्न लागेको यो पहिलो पटक हुनेछ । उनले यो उपलब्धिबारे प्रतिक्रिया दिएकी छिन्, ‘पहिलो पटक युरोपको लिगमा खेल्दै छु । त्यसैले खुसी छ । सबै खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । दुई वर्षको लगातार प्रयासपछि मेरो आफ्नै सपना पूरा भएको छ ।’

उनी एपीएफसँग आबद्ध खेलाडी हुन् । यसअघि एपीएफकै सावित्रा भण्डारी युरोपमा खेल्ने पहिलो खेलाडी भएकी थिइन् । इजरायली लिगमा खेलेपछि अहिले सावित्रा फ्रान्सको माथिल्लो डिभिजनको क्लब अन आभान्टे ग्वेङगाम्पमा आबद्ध छिन् । पछिल्लो संस्करणको ग्रिस वुमेन्स लिगमा निस एट्रोमिटोउ १४ क्लबमध्ये नवौं स्थानमा थियो ।

यसअघि एञ्जिलाले भारत र पाकिस्तानमा पनि व्यावसायिक फुटबल खेलिसकेकी छन् । उनलाई साउदी अरेबियाको वुमेन्स प्रो–लिगमा खेल्ने प्रस्ताव आए पनि ग्रिसलाई नै आफ्नो गन्तव्य बनाउने सोच बनाइन् । वर्ष २०६८ देखि फुटबल खेल्न थालेकी एञ्जिला एपीएफबाट आवद्ध भएयता त्यहाँबाट नै खेल्दै आएकी छन् ।

प्रकाशित : भाद्र १८, २०८१ ०५:४३
x
×