कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

पारा ओलम्पिक : पौडीका भीम पुछारमा

भाद्र १७, २०८१
पारा ओलम्पिक : पौडीका भीम पुछारमा

काठमाडौँ — नेपालका पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिकको पौडीको एस–९ विधाको पुरुष ५० मिटर फ्रिस्टायलमा सोमबार पुछारमा रहेका छन् । उनको स्पर्धामा १९ खेलाडी सहभागी थिए ।

पेरिस ला डिफेन्स एरिनामा हिट नम्बर १ मा प्रतिस्पर्धा गरेका भीमले निर्धारित दूरी ३५.०८ सेकेन्डमा पूरा गरेका थिए । उनले आफ्नो प्रदर्शनमा थोरै सुधार गरेका छन् ।

नेपाली टोलीका सेफ दी मिसनसमेत रहेका राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठका अनुसार ५० मिटरमा भीमको व्यक्तिगत उत्कृष्ट समय ३५.८४ सेकेन्ड हो । यो समय उनले चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा कायम गरेका थिए ।

भीमको प्रतिस्पर्धासँगै पेरिस पारा ओलम्पिकमा नेपालको प्रतिस्पर्धा सकिएको छ । पेरिस पारा ओलम्पिकमा नेपालबाट २ खेलमा ३ खेलाडी सहभागी थिए । तेक्वान्दोकी पलेशा गोवर्धनले के–४४ महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितिन् ।

तेक्वान्दोकै अर्का खेलाडी भरतसिंह महता के–४४ विधाको पुरुष ५८ केजीमुनि पहिलो चरणबाटै बाहिरिए । टोली बुधबार स्वदेश फर्किंदै छ ।

प्रकाशित : भाद्र १७, २०८१ २२:३७
x
×