कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

भाद्र १६, २०८१
नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाडौँ — आइसीसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार श्रीलंका प्रस्थान गरेको छ ।  

भारतको नेसनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किको टोली आइतबार श्रीलंका प्रस्थान गरेको हो । नेपाली टोलीले श्रीलंकाको डेभ्लपमेन्ट टोलीसँग तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानकानुसार नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने तय भएको छ ।

टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् । त्यसैगरी कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र अर्जुन साउद छन् ।

प्रकाशित : भाद्र १६, २०८१ १८:१७
x
×