कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

खेलकुद संघहरूको विकासले मात्र समग्र खेल क्षेत्रको प्रवर्द्धन गर्न सकिन्छ : मन्त्री चौधरी

भाद्र १२, २०८१
खेलकुद संघहरूको विकासले मात्र समग्र खेल क्षेत्रको प्रवर्द्धन गर्न सकिन्छ : मन्त्री चौधरी

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि खेलसँग आबद्ध सबै संघहरूले थप प्रभावकारी काम गर्नुपर्ने बताएका छन् । 

नेपाल ओलम्पिक कमिटी (एनओसी) द्वारा बुधबार आयोजित सम्मान कार्यक्रममा मन्त्री चौधरीले खेलकुद संघहरूको प्रगति र विकासले मात्र समग्र खेल क्षेत्रको प्रवर्द्धन गर्न सकिने बताए ।

उनले आफू मन्त्री बनेको करिब डेढ महिनामा भएको र खेलकुद ऐन, नियमावलीलगायतका अध्ययन गरिरहेको तथा यसमै टेकेर नेपाली खेलकुदको विकासमा आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गरे । उनले मन्त्री चौधरीको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीच समन्वय हुनु आवश्यक रहेको विचार व्यक्त गरे ।

एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले खेलकुद संघ बलियो हुँदा खेल क्षेत्रले राम्रो नतिजा दिने भन्दै कराँते त्यसको उदाहरण बनेकाले अन्य संघले पनि सोहीअनुसार अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रकाशित : भाद्र १२, २०८१ २०:३४
x
×