कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

ज्ञान कार्निभलमा आयोजक ज्ञानोदय विजयी

भाद्र १२, २०८१
ज्ञान कार्निभलमा आयोजक ज्ञानोदय विजयी

काठमाडौँ — आयोजक ज्ञानोदय बालबाटिकाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार जित पाएको छ ।

घरेलु कोर्टमा ज्ञानोदयले एलआरआईलाई ४९–४४ स्कोर पराजित गर्दा दीपेश शाहीले २२ स्कोर बटुलेका थिए ।

अन्य प्रतिस्पर्धामा पुष्पसदनले मल्पीलाई ५६–३६, भीएस निकेतनले रुपिजलाई १६–४ र ओएसिसले लिटिल एन्जल्सलाई ५१–३९ स्कोरले हराए । पुष्पसदनका मनीष गुरुङंले १९, भीएस निकेतनका समीरजंग राणाले ८ र ओएसिसका जसन रानामगरले १९ स्कोर गरे ।

गर्ल्समा एनसीसीएसले एलआरआईलाई २८–९ र मल्पीले रुपिजलाई ११–२ ले हराए । एनसीसीएसकी प्रतिष्ठा शाहले १२ र मल्पीकी अरेथा श्रेष्ठले ६ स्कोर गरेका थिए ।

प्रकाशित : भाद्र १२, २०८१ २०:०९
x
×