कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

यूएस ओपन २०२४ : गउफको जितसँगै उपाधि रक्षा अभियान सुरु

भाद्र ११, २०८१
यूएस ओपन २०२४ : गउफको जितसँगै उपाधि रक्षा अभियान सुरु

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन कोका गउफले यूएस ओपन-२०२४ मा सोमबार विजयी सुरुआत लिएकी छिन् । उनले उपाधि रक्षा गर्ने अभियानका लागि पहिलो चरणको खेलमा भारभारा ग्राचेभालाई सजिलै ६–२ र ६–० ले पराजित गरिन् ।

आर्थर ऐस स्टेडियममा यो जितका लागि २० वर्षीया गउफले ६६ मिनेट मात्र खर्चिन् । ओलम्पिक च्याम्पियन चिनिया खेलाडी झेङ छिनवेनले भने पहिलो चरणमा जितका लागि संघर्ष गर्नु पर्‍यो ।

उनले अमान्डा एनिसिामोभालाई ४–६, ६–४ र ६–२ ले हराइन् । पुरुषतर्फ पूर्व विजेता डोमिनिक थिएम पहिलो चरणमा पराजित भएका छन् र यससँगै उनको ग्रान्ड स्लाम टेनिस जीवनमा पूर्णविराम लागेको छ ।

सन् २०२० का विजेता थिएमले बेन सेल्टनविरुद्धको खेल ६–४, ६–२ र ६–२ ले गुमाए । उनले यो सिजनको अन्त्यसँगै सन्यास लिने घोषणा गरिसकेका छन् ।

प्रकाशित : भाद्र ११, २०८१ ०६:३७
x
×