२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

एरिक्सनको निधन

भाद्र ११, २०८१
एरिक्सनको निधन

स्टकहोम — इंग्ल्यान्ड राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व व्यवस्थापक स्येन गोरान एरिक्सनको सोमबार ७६ वर्षको उमेरमा निधन भएको छ । 

सन् २००१ देखि २००६ सम्म इंग्ल्यान्ड फुटबल टोली सम्हालेका एरिक्सनलाई पछिल्लो समय प्यान्क्रिएटिक क्यान्सर रोग लागेको उनका एजेन्टले जनाएका छन् ।

‘एरिक्सनको शान्तपूर्वक निधन भएको थियो, जतिखेर उनको परिवारजन साथमै थियो,’ एजेन्ट बो गुस्ताभसनले एएफपीसँग भने । ‘स्वास्थ्यका कारण’ का उनी २०२३ को फेब्रुअरीदेखि सार्वजनिक समारोहमा देखिन छाडेका थिए । जनवरीमा उनले आफूलाई प्यान्क्रिएटिक क्यान्सर लागेको जनाएका थिए । डाक्टरको भनाइ राख्दै बढीमा एक वर्ष र खराब स्थितिमा त्योभन्दा कम समयमात्र बाँच्न सक्ने आँकलन गरेका थिए ।

उनको प्रशिक्षणमा इंग्ल्यान्डले २००२ र २००६ को विश्वकपमा क्वाटरफाइनलसम्म यात्रा गरेको थियो । पोर्चुगिज टोली बेन्फिका सम्हालेपछि इटालीमा उनले रोमा र लाजियोलाई प्रशिक्षण दिएका थिए । लाजियोलाई इटोलियन सिरी ‘ए’ को उपाधि दिलाएपछि उनी इंग्ल्यान्ड पुगेका हुन् ।

इंग्ल्यान्डछि उनले मेक्सिको, आइभोरी कोस्ट र फिलिपिन्सको राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण दिएका थिए । तर, उनी कहिल्यै आफ्नो देश स्विडेनको प्रशिक्षक भने भएनन् ।

प्रकाशित : भाद्र ११, २०८१ ०५:५९
x
×