कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

एसियाली आईटीएफ तेक्वान्दो : नेपालले जित्यो २ स्वर्ण र १ रजत

भाद्र ११, २०८१
एसियाली आईटीएफ तेक्वान्दो : नेपालले जित्यो २ स्वर्ण र १ रजत

विराटनगर — भारतको बैंग्लोरमा सम्पन्न १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ । काभ्रेका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्ण र झापाका चन्द्रबहादुर तामाङले रजत पदक जितेका हुन् ।

एकल प्याटनमा पाँचौं डानतर्फको प्रतिस्पर्धामा मंगोलियाका खेलाडीलाई पराजित गरेर राजमन्दिर स्वर्ण पदक जित्न सफल भए । त्यस्तै, ९१ किलो तौलमाथिको प्रतिस्पर्धामा किशोरवरुणले भारतका खेलाडीलाई हराएर स्वर्ण हात पारे । चन्द्रबहादुरले ६३ देखि ७० किलो तौल समूहमा प्रतिस्पर्धा गरेर रजत जितेका छन् । उनले ताजिकिस्तानका खेलाडीलाई हराएर रजत जितेका हुन् ।

प्रतिस्पर्धा गरेका मध्ये बाग्लुङकी सुस्मिता थापा, आईटीएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक २ वटा स्वर्ण प्राप्त भएको जानकारी कार्कीले दिए । उनका अनुसार यसअघि सातौं एसियाली प्रतियोगितामा १ वटा स्वर्ण मात्रै प्राप्त भएको थियो ।

भदौ ४ देखि ९ गतेसम्म भएको प्रतियोगितामा नेपालबाट खेलाडी, अम्पायर र अफिसियल गरेर १५ जना सहभागी भएका थिए, जसमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : भाद्र ११, २०८१ १६:५०
x
×