कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

पुरुषोत्तमले जिते छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल

भाद्र १०, २०८१
पुरुषोत्तमले जिते छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल

काठमाडौँ — क्यान्डिडेट मास्टर पुरुषोत्तम चौलागाईंले छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।

झापाको मेची नगरनगरपालिका काँकडभिट्टामा भएको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि जित्दा १९३७ रेटेड पुरुषोत्तमले सात चरणको क्लासिकल खेलमध्ये ५ जित र २ बराबरी खेलेका थिए । अपराजित भएर ६ अंक जोडेका उनले ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

राजेन्द्र राईले ५.५ अंकसहित दोस्रो भए । उनले २५ हजार पाए । समान ५.५ अंक जोडेका धिरेन राई डाइरेक्ट इन्काउन्टर, बुकोल्ज वान टु र मोस्ट विन नियमका आधारमा तेस्रो स्थानमा रहे । उनले १५ हजार पाए ।

आशिष फुयाँल चौथो भए । उनल १२ हजार पाए । पूर्व विजेता सीएम कृष्ण थापा पाचौं बन्दै १० हजार, नीलम बस्नेत छैटौं भई ८ हजार, विकास मैनाली सातौं भएर ६ हजार, प्रेम लिम्बू आठौं, सुरोज महर्जन नवौं र वलिमान गुरुङ दसौं हुँदै जनही ५ हजार पुरस्कार जितेका छन् ।


१७०० मुनि रञ्जित राई विजेता भए । व्यक्तिगत १६९९ रेटिङवाट खेल सुरु गरेका उनले ६५.२ रेटिङ्ग बढाए । उनले ५० हजार पुरस्कार पाए । ९ चरणको प्रतिस्पर्धामा रामहरि कार्की दोस्रो भए । उनले २५ हजार र कपिल गुरुङ तेस्रो भएर १५ हजार पुरस्कार पाए । महिला खेलाडी पूजा भण्डारी चौथो स्थानमा भइन् । उनले १२ हजार पाइन् । शिवम् कुमार बिक पाँचौं भए । उनले १० हजार पाए । रोशन खड्गी छैटौं, कृष्णप्रसाद सिग्देल सातौं, सुरज सिंह आठौं, खिलराज राई नवौं र राजन पहाडी दसौं स्थानमा विजयी भए ।

नेपाल बुद्धिचाल महासंघको कार्यक्रम मेचीनगर नगरपालिका र पशुपति बोर्डिङको प्रायोजनमा आयोजना भएको हो । प्रतियोगिताका निर्देशक भरत गुरुङले प्रतियोगितामा कुल१८ लाख २२ हजार खर्च भएको बताए ।

प्रकाशित : भाद्र १०, २०८१ २०:०८
x
×