कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

ला लिगा :एन्डरिकको डेब्यु गोलमा रियल विजयी

भाद्र १०, २०८१
ला लिगा :एन्डरिकको डेब्यु गोलमा रियल विजयी

काठमाडौँ — एन्डरिकले डेब्युमा गरेको गोलमा रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा भालाडोलिडमाथि ३–० को जित निकालेको छ । नयाँ सिजन रियलको यो पहिलो लिग जित पनि हो ।

बर्नाबाउमा भएको खेलमा फेडरिक भाल्भरडे र ब्राहिम डियाजले सुरुमा गोल गरेपछि ब्राजिली खेलाडी एन्डरिकले तेस्रो गोल थपेको हुन् । रियल आफ्नो पहिलो खेलमा मार्लोकासँग बराबरीमा रोकिएको थियो ।

अर्को खेलमा एटलेटिको म्याड्रिड पनि विजयी रह्यो । उसले जिरोनालाई ३–० ले पराजित गरेको हो । लिगमा दुई चरणको खेल सकिंदा सेल्टा भिगो र बार्सिलोना शतप्रतिशत नतिजासँगै शीर्षमा छन् ।

प्रकाशित : भाद्र १०, २०८१ ०६:३६
x
×