कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

ज्ञान कार्निभल सुरु

भाद्र १०, २०८१

काठमाडौँ — ज्ञानोदय बाल वाटिका माध्यमिक विद्यालयको ५०औं स्थापना दिवसको विशेष संस्करण ३०औं ज्ञान कार्निभल आइतबारबाट सुरु भएको छ । पूर्वयुवा तथा खेलकुदमन्त्री एवम् सभासद विराजभक्त श्रेष्ठले उद्घाटन गरे ।

श्रेष्ठले ज्ञान कार्निभलका माध्यमबाट बास्केटबल खेलका राष्ट्रिय खेलाडीहरू उत्पादन गर्न सक्षम बनेको जनाए ।

उक्त अवसरमा बास्केटबलको राष्ट्रिय टोलीमा समावेश भएका तथा ज्ञानोदयका पूर्वखेलाडीहरू एवम् बास्केटबल खेलमा राष्ट्रको नेतृत्व गर्दै महत्त्वपूर्ण योगदान दिएका ११ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

प्रकाशित : भाद्र १०, २०८१ ०६:०४
x
×