कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

गोल्डेनपिक र भ्याली पब्लिक च्याम्पियन

भाद्र १०, २०८१
गोल्डेनपिक र भ्याली पब्लिक च्याम्पियन

काठमाडौँ — गोल्डेनपिक र भ्याली पब्लिकले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

दोहोरो उपाधि जितेको गोल्डेनपिक सिनियर र जुनियर ब्वाइजमा च्याम्पियन बनेको हो । भ्याली पब्लिक सिनियर गर्ल्समा विजेता बन्यो । आयोजक ग्रिनल्यान्डको कोर्टमा सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले एचएचसीएलाई ५३–४३ स्कोरले पराजित गर्‍यो । जुनियर ब्वाइजमा गोल्डेनपिकले भ्याली पब्लिकलाई २७–२३ ले हरायो । गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई ३७–२८ ले हरायो ।

सिनियर ब्वाइजमा गोल्डेनपिकका सुविन तामाङ, गर्ल्समा भ्याली पब्लिककी एलिना गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका नेल्सन गुरुङ मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । सिनियर ब्वाइजमा एचएचसीएका डेविड राई, गर्ल्समा ग्रिनल्यान्डकी न्यादिका गुरुङ र जुनियर ब्वाइजमा सत्यसाइका बालकृष्ण पटेल उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुरेश बीसी (८७ स्कोर), सिनियर गर्ल्समा फेरिल्यान्डकी अपेक्षा ढुंगाना (६३) र जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक विक (४२) सर्वाधिक स्कोरकर्तामा शीर्षस्थानमा रहे । सिनियर ब्वाइजमा स्कोलर्स होम एकेडेमी, सिनियर गर्ल्समा तेजस्वी र जुनियर ब्वाइजमा ज्ञान संस्कार उदीयमान टिम चुनिए ।

प्रकाशित : भाद्र १०, २०८१ १९:५७
x
×