कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

च्याम्पियन्स लिगमा एपीएफको हार

भाद्र १०, २०८१

काठमाडौँ — नेपाल एपीएफ क्लबले वुमेन्स च्याम्पियन्स लिगमा आइतबार ऐतिहासिक डेब्यु गरेको छ, तर नतिजा भने सुखद रहेन । मलेसियामा भएको खेलमा एपीएफ उज्वेकिस्तानको पीएफसी नासाफसँग १–० ले पराजित भएको हो ।

त्यसमा लिली निबरले ४९ औं मिनेटमा निर्णायक गोल गरिन् । एसियाली फुटबल महासंघ (एएफसी) ले नयाँ स्वरूपमा पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग आयोजना गरेको हो । एपीएफ समूह ‘सी’ मा रहेको छ र अब उसले आफ्नो दोस्रो खेलमा सवा एफएको सामना गर्नेछ ।


प्रकाशित : भाद्र १०, २०८१ ०६:०२
x
×