कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

नयाँ सिजनमा इन्टरको पहिलो जित

नयाँ सिजनमा इन्टरको पहिलो जित

काठमाडौँ — इन्टर मिलानले शनिबार राति इटालीको 'सिरी ए' को  नयाँ सिजनमा पहिलो जित निकालेको छ । उसले सानसिरोमा लेचेलाई सजिलै २–० ले हराएको हो । एसी मिलान भने पार्माको हातबाट २–१ ले पराजित रह्यो ।

सानसिरोमा ७० हजार दर्शकअगाडि माटिओ डारमिनले पाँचौं मिनेटमा पहिलो गोल गरे । त्यसपछि हाकन चालहानोग्लुले पेनाल्टीबाट दोस्रो गोल थपे ।

इन्टरसँगै पार्मा र जेनोआको समान चार अंक रहेको छ । जेनोआले अर्को खेलमा मोन्जालाई १–० ले पराजित गर्‍यो । यस्तै युडिनेजी लाजियोविरुद्ध २–१ ले विजयी रह्यो ।

प्रकाशित : भाद्र ९, २०८१ ०६:३३
x
×