कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

लेवनडोस्कीको निर्णायक गोलमा बार्सिलोना विजयी

लेवनडोस्कीको निर्णायक गोलमा बार्सिलोना विजयी

काठमाडौँ — रोबर्ट लेवनडोस्कीले गरेको निर्णायक गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार राति एथलेटिको बिलबाओलाई २–१ ले पराजित गरेको छ । सुरुमा उनका दुई प्रहार पोस्टमा लागेको थियो ।

खेलको ७५औं मिनेटमा भने उनले निर्णायक गोल गरे । बार्सिलोनाले किशोर खेलाडी लामिन यामलको गोलले अग्रता लिएको थियो । तर ओहन सानसेटले बिलबाओका लागि बराबरी गोल फर्काए । नयाँ प्रशिक्षकका रूपमा ह्यान्सी फ्लिक आएयता बार्सिलोनाको यो लगातार दोस्रो जित हो ।

यस्तै अन्य खेलमा ओसासुनाले रियल मार्लोकालाई १–०, रियल सोसिडाडले इस्पनयोललाई १–० ले हरायो भने गेटाफे र रायो भालेकानोले गोलरहित बराबरी खेले ।

प्रकाशित : भाद्र ९, २०८१ ०६:२८
x
×