कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

भिल्लाविरुद्ध आर्सनलको महत्त्वपूर्ण तीन अंक

भिल्लाविरुद्ध आर्सनलको महत्त्वपूर्ण तीन अंक

काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार राति एस्टन भिल्लाको चुनौती २–० ले समाप्त पार्दै तीन बहुमूल्य अंक जोडेको छ । गत सिजन भिल्लाविरुद्धका दुई हारले आर्सनलको लिग उपाधि होड कमजोर भएको थियो ।

आर्सनलका लागि लियोनार्डो ट्रोसाड र थोमस पार्टीले गोल गरे । आर्सनलको यो लगातार दोस्रो जित हो । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले भने इपस्विच टाउनलाई ४–१ ले हरायो ।

त्यसमा इर्लिङ हालान्डले ह्याट्रिक गरे । यस्तै वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई २–०, फुलहमले लेस्टर सिटीलाई २–१, नटिंघम फरेस्टले साउथह्याम्पटनलार्य १–० र टोटनहमले एभर्टनलाई ४–० ले पराजित गर्‍यो ।

प्रकाशित : भाद्र ९, २०८१ ०६:४५
x
×