कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

ज्ञान कार्निभलको ३० औं संस्करण आइतबार सुरु हुने

ज्ञान कार्निभलको ३० औं संस्करण आइतबार सुरु हुने

काठमाडौँ — ज्ञानोदय बालवाटिका माविको आयोजनामा ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबार सुरु हुनेछ ।

प्रतियोगितामा ब्वाइजतर्फ १७ र गर्ल्समा १५ टिमको सहभागिता रहने कार्यक्रम संयोजक भानु एले शुक्रबार पत्रकार सम्मेलनमा बताए । दुवै समूहमा सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।

ज्ञानोदयको स्वर्ण महोत्सवका अवसरमा विशेष संस्करणका रूपमा प्रतियोगिता गर्न लागिएको ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले बताइन् ।

उद्घाटनका अवसरमा ज्ञानोदयका पूर्वखेलाडी तथा बास्केटबलमा नेतृत्व गर्दै महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरिनेछ । १२ दिने प्रतियोगिताका खेल आयोजकको इन्डोर हलमा हुनेछ । सन् १९९४ देखि सुरु भएको ज्ञान कार्निभल बास्केटबल विद्यालय बास्केटबलको पुरानो प्रतियोगितामध्ये एक हो ।

ग्रिनल्यान्ड कपको समीकरण

ग्रिनल्यान्ड स्कुलको आयोजनामा भइरहेको १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

सिनियर ब्वाइजमा कन्स्टिलेसनले डीबीए, ग्रिनल्यान्ड ‘ए’ ले एचएचसीए, भ्याली पब्लिकले टीआईए तथा गोल्डेनपिकले लालीगुराँस नेसनल एकेडेमीसँग खेल्ने छन् ।

जुनियर ब्वाइजको क्वाटरफाइनलमा लालीगुराँस र सेब, भ्याली पब्लिक र एन्जल्स हार्ट, किङडम हिमालयन र हिमरश्मि तथा ग्रिनफिल्ड र गोल्डेनपिकबीच प्रतिस्पर्धा हुनेछ ।

सिनियर गर्ल्समा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी, पारमाउन्टले फेरिल्यान्ड, भ्याली पब्लिकले बीएएस र तेजस्वीले टीआईएविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : भाद्र ७, २०८१ २०:५३
x
×