कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

विश्वकप खेल्ने नेपाली टोलीलाई उच्च मनोबलको साथ खेल्न राष्ट्रपति पौडेलको शुभकामना

जेष्ठ २१, २०८१
विश्वकप खेल्ने नेपाली टोलीलाई उच्च मनोबलको साथ खेल्न राष्ट्रपति पौडेलको शुभकामना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पाैडेलले टि- २० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफाेन गरेर उच्च मनोबलका साथ प्रतियाेगितामा सहभागी हुन शुभकामना दिएका हुन्।

राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

'उहाँले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भएपनि हेरेर नेपाली टाेलीकाे हौसला बढाउने पनि विश्वास समेत व्यक्त गर्नुभएको छ,' पोखरेलले भने ।

प्रकाशित : जेष्ठ २१, २०८१ २१:२७
x
×