कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

वेस्ट ह्यामले टोटनहमलाई बराबरीमा रोक्यो

चैत्र २१, २०८०
वेस्ट ह्यामले टोटनहमलाई बराबरीमा रोक्यो

काठमाडौँ — वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा मंगलबार टोटनहमलाई १–१ को बराबरीमा रोकेको छ । यसले टोटनहमको शीर्ष चारको उद्देश्यलाई अझ धक्का पुगेको छ । टोटनहमले ब्रेनान जोन्सनको गोलले अग्रता लिएयता कर्ट जोमाले वेस्ट ह्यामका लागि बराबरी गोल फर्काए ।

टोटनहम ५७ अंकमा पाँचौं स्थानमा छ र यो चौथोमा रहेको एस्टन भिल्लासँग दुई अंकको दूरी हो । भिल्लाले बुधबार राति हुने खेलमा म्यानचेस्टर सिटीको सामना गर्दैछ । मंगलबारका अन्य खेलमा नटिङघम फरेस्टले फुलहमलाई ३–१ र बर्नमाउथले क्रिस्टल प्यालेसलाई १–० ले हरायो । यस्तै न्युकासल युनाइटेड र एभर्टन तथा बर्नली र उल्भ्सले १–१ को बराबरी खेले ।

प्रकाशित : चैत्र २१, २०८० ०६:४७
×