कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

ओलम्पिक छनोट खेल्ने तेक्वान्दो खेलाडी छानिए

फाल्गुन ७, २०८०
ओलम्पिक छनोट खेल्ने तेक्वान्दो खेलाडी छानिए

काठमाडौँ — चीनको ताइयाङ सहरमा हुने पेरिस ओलम्पिकको एसियाली छनोट प्रतियोगितामा भाग लिने नेपाली तेक्वान्दो खेलाडीको छनोट भएको छ । विश्व तेक्वान्दो महासंघ (डब्लूटी) को कार्यक्रमअनुसार २०२४ मार्च १५ देखि १७ सम्म एसियाली छनोट प्रतियोगिता हुनेछ ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको छनोटबाट तेक्वान्दो ग्यारोगीतर्फ महिला ४९ केजीमुनि पुलिसकी अन्जली तामाङ, महिला ६७ केजीमुनि पुलिसकी इन्दिरा बस्नेत, पुरुष ५८ केजीमुनि आर्मीका राहुल कुमाल र पुरुष ६८ केजीमुनि पुलिसका वीरबहादुर महरा छनोट भएका छन् । छनोटमा ३८ खेलाडी प्रतिस्पर्धी थिए ।

पारा तेक्वान्दोतर्फ (के ४४) क्याटगोरीतर्फ एसियाडकी कांस्य पदक विजेता पलेशा गोवर्धन (महिला ५७ केजीमुनि), पुरुष ६३ केजीमुनि भरतसिंह महता र पुरुष ५८ केजीमा अमिर भ्लोन छनोट भएका छन् ।

प्रकाशित : फाल्गुन ७, २०८० २०:५८
×