कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

यूएईविरुद्ध नेपालको फितलो सुरुवात, ११ रनमै ३ विकेट

कार्तिक ६, २०८०
यूएईविरुद्ध नेपालको फितलो सुरुवात, ११ रनमै ३ विकेट

काठमाडौँ — त्रिकोणात्मक ट्वान्टी २० सिरिजको सोमबारको खेलमा यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवाती ब्याटिङ फिलतो देखिएको छ । नेपालका ३ ब्याटर कूल ११ रन जोड्दैमा आउट भएका छन् ।

नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल १ रनमा मोहम्मद जवादुल्लाहबाट बोल्ड आउट भएका थिए । त्यसपछि आएका सोमपाल कामीलाई यूएईका किपरले २ रनमा क्याच आउट गरे भने कुशल मल्ल रन आउट भएका थिए । मल्ल शून्य रनमा आउट भएका हुन् ।

पहिले ब्याटिङ गरेको यूएईले नेपालसामू १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईले ७ विकेटको क्षतिमा २० ओभर खेल्दै १६४ रन बनाएको थियो ।

काठमाडौंको मूलपानी क्रिकेट रंगशालामा जारी खेलमा यूएईका लागि भ्रिरित्य अरविन्द र बसिल हमिदले समान ४५-४५ रन बनाएका थिए । त्यस्तै आसिफ खानले १८ र खालिद शाहले १२ रन बनाएका थिए । अन्य ब्याटर भने दोहोरो अंक नबनाउँदै आउट भए ।

टस जितेर बलिङ रोजेको नेपालका लागि सोमपाल कामी र अविनाश बोहोराले समान २-२ विकेट लिएका थिए । त्यस्तै, करन केसी र गुल्सन झाले समान १-१ विकेट हात पारेका थिए ।

नेपाल, यूएई र हङकङ चाइनाबीच काठमाडौंमा त्रिकोणात्मक ट्वान्टी २० सिरिज भइरहेको छ । सिरिजमा नेपालले यसअघि खेलेका तीनवटै खेल जितेको छ भने यूएईले एक खेल जितेको छ । हङकङ चाइनाले भने आफूले खेलेका तीनवटै खेलमा पराजयय बेहोरेको छ ।

प्रकाशित : कार्तिक ६, २०८० १३:१५
×